
जीवनमै पहिलोपटक यति धेरै प्रधानमन्त्री एकै ठाउँमा देखेंः भाजपा नेता हर्षवर्द्धन
काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले अहिलेसम्म आफूले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री नदेखेको बताए ।
हर्षवद्र्धनले शुभकामना मन्तव्य दिने क्रममा मञ्चमा रहेका यतिका धेरै प्रधानमन्त्री आफूले एकसाथ नदेखेको बताए । उनले आफूले भारतमा पनि नदेखेको बताए । उनले कार्यक्रममा उपस्थिति चार पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको नाम लिँदै उक्त कुरा बताएका हुन् ।
शुभकामना मन्तव्य दिने क्रममा हर्षवद्र्धनले आज निकै गौरव महसुस गरेको बताउँदै एउटा राजनीतिक दलका कार्यक्रममा अर्को कार्यक्रममा देशभरका सबै राजनीतिक दलका बरिष्ठ नेताहरु उपस्थित भएकोमा खुशी व्यक्त गरेका छन् ।
एउटा राजनीतिक दलको कार्यक्रममा सबै दलका बरिष्ट नेताहरु उपस्थित हुनु गर्व गर्न लायक कुरा भएको पनि उनले बताए । उनले नेपाली कांग्रेसको यस महाधिवेशनको उद्घाटन कार्यक्रमबाट आफूले राजनीति सानो मनले नभएर ठूलो मनले गर्नुपर्ने देखेको बताए ।
उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायत राजनीतिक दलका अध्यक्षहरुका साथै देश विदेशबाट विभिन्न राजनीतिक दलका नेताहरु उपस्थित भएका छन् ।



कागजपत्र |
