कांग्रेस महाधिवेशनस्थलमा पुगे एमाले अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनस्थलमा पुगेका छन् ।

राजधानीमा आजबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सुरु भइसकेको छ । सोही उद्घाटन कार्यक्रमको सफलताको कामना गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका हुन

उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत राजनीतिक दलका अध्यक्षहरुका साथै देश विदेशबाट विभिन्न राजनीतिक दलका नेताहरु उपस्थित भएका छन्् ।

प्रतिक्रिया