

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

काठमाडौं – अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन्। थापाले अध्यक्षका अर्का उम्मेदवार करण चौधरीलाई ६६ मतले पछि पार्दै जित हात पारेका हुन्।
उनले पोखराबाट अटो व्यवसाय गर्दै आएका थिए। थापा गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापाका भाई समेत हुन्। अध्यक्षमा निर्वाचित थापाले १४ सय १३ मत ल्याए भने चौधरीले १३ सय ४७ मत पाए।
नाडाको चुनावमा २ हजार ७ सय ८८ मत खसेको थियो।
१७ जना कार्यसमितिको लागि भएको निर्वाचनमा १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट निर्वाचित भएका छन्।
चौधरीको समूहबाट मिलनबाबु मल्ल (१४६४), अनुप कुमार बराल (१४६२), राजनबाबु श्रेष्ठ (१४५६), सुरेन्द्र कुमार उप्रेती (१४३०), सुनिल रिजाल (१४०१), अभिक ज्योति (१३८२), प्रकाश कपुरी (१३७८) र बिक्रम सिंघानिया (१३७०) मत ल्याएर विजयी भएका छन्।
यस्तै, निलमणि पाठक (१३५३), बरदान बस्नेत (१३५३) र पंकज अग्रवालले (१३३७) मत पाएका छन्। थापाको समूहबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३६२), कपिल शिवाकोटी (१३४९), प्रदीपमान प्रधान (१३४७) र आकाश गोल्छा (१३४४) मत ल्याई विजयी भएका छन्।

