‘यो महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ’


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन्। शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै रिजालले मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्ने दाबी गरे।

आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी गर्दै महामन्त्री पदका उम्मेदवार रिजालले भने, ‘मतगणना सकिएको दिन देउवा निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर रहनुहुन्छ। चुनाव देउवा नै प्रधानमन्त्री रहेर गर्ने हो।’

कांग्रेसमा अहिलेको नेतृत्व परिवर्तन भए नयाँ अनुहार लिएर चुनावमा जान पार्टीलाई सहज हुने रिजालको भनाइ छ। अहिलेकै नेतृत्व लिएर पार्टी चुनावमा जाँदा बहुमत नआउने हो कि भन्ने चिन्ता रहेको उनले बताए।

प्रतिक्रिया