

मनकामना केबलकार चार दिन बन्द, मर्मत गर्न विदेशबाट प्राविधिक आउँदै

काठमाडौं – मनकामना केबलकार मर्मतरसम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।
कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले लागि आइतबारदेखि बुधबारसम्म सेवा बन्द रहने बताए ।
उनले बिहीबारदेखि पुनः सेवा सूचारु हुने जानकारी दिए । भने, ‘अष्ट्रियाबाट मर्मतरसम्भारका लागि लागि प्राविधिक आउँदैछन् । उनीहरु आएपछि मेन्टेनेन्स सुरु हुन्छ ।’

