पूर्व गाविस अध्यक्ष शेर्पाको अमेरिकामा गाडीको ठक्करबाट निधन


काठमाडौं – अमेरिकाको न्युजर्सीमा गाडीले ठक्करबाट एक नेपालीको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा न्युयोर्क निवासी ६४ वर्षीय आङकामी शेर्पाको मृत्यु भएको हो । उनको स्थायी घर सोलुखुम्बु हो ।

उनी त्यहाँको तत्कालीन टाप्टिङ गाविसका पूर्व अध्यक्ष पनि हुन् । घटना विवरणअनुसार हिजो आइतबार बिहान न्युजर्सीको वेस्ट विन्डसरमा स्क्वायर नजिकै यूएस १ पार गर्न खोज्दा शेर्पालाई गाडीले ठक्कर दिएको थियो ।

घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ । शेर्पा अमेरिकामा परिवारसहित १२ वर्षदेखि बसोबासरत थिए । उनका ठूलबाका छोरा दाइ एसी शेर्पाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया