

कांग्रेस लुम्बिनीमा अमरसिंह पुन विजयी

रुपन्देही – नेपाली कांग्रेसको आसन्न महाधिवेशन अन्तर्गत भएको प्रदेश निर्वाचनमा लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।
संस्थापनइतर समूहका पुनले संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई हराएका हुन् । पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ ।
उपसभापतिमा अष्टभुजा पाठक र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

