दरबारमार्गबाट ६० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ


काठमाडौं – काठमाडौंको दरबारमार्गबाट हुण्डी कारोबारी पक्राउ परेका छन्। पाँच जनाभन्न्दा धेरै पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करिब ६० लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनाभन्दा बढी धेरै पक्राउ परेका छन्।

शुक्रबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो।

यद्यपी, प्रहरीले पक्राउ परेकाहरु बारे विस्तृत बताउन चाहेको छैन। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया