एमाले महाधिवेशनः मतदानस्थलबाहिर किन गरिँदैछ ‘उल्टो’ प्रचार ?


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी १० औं महाधिवेशनमा जारी मतदानको बेला ‘उल्टो’ प्रचार गरिएको छ ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित गरेको सूचीको विरुद्धमा उम्मेदवारी दिने नेताहरुको नाम राखेर एमालेमा मतदानस्थल बाहिर सौराहामा उल्टो पर्चा बाँडिएको छ ।

अधिकांश चुनावहरुमा आफ्नो उम्मेदवारको नामावलीसहित प्रचार गर्ने परम्परा रहिआएकोमा सौराहामा एमाले कार्यकर्ताहरुले भने विपक्षी टिमको नामावली लिँदै मतदाताहरुलाई बाँडेपछि विवाद सिर्जना भएको छ ।

एमाले नेतृत्वका लागि केपी शर्मा ओलीको विपक्षमा उम्मेदवारी दिएका भिम रावललगायतलाई भोट नहाल्नका लागि अनुरोध गर्दै ओली पक्षीयले पर्चा बाँड्दै आएका छन् । यस सम्बन्धमा महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेलले यो कार्य स्वभाविक भएको बताएका छन् । उनी भन्छन्, ‘यो कार्य स्वाभाविक हो, अध्यक्ष ओलीले प्रस्ताव गरेको प्रस्तावलाई आधिकारिक मान्दै सो विरुद्ध जानेहरुलाई भोट नदिन अपिल गरिएको हो ।’

ओलीको उक्त घोषणाका विपक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावल, घनश्याम भुसाल, टंकप्रसाद कार्की, भीमप्रसाद आचार्यका साथै केन्द्रीय सदस्यहरु भाष्कर काफ्ले, मीरा खना, पशुपति कुँवर, मञ्जु ज्ञवाली, नरबहादुर विक, जयप्रकाश थारु र भरत साउद ओलीको प्रस्तावमा नपरेका हुनाले भोट नहाल्न अनुरोध गरिएको छ ।

ती उम्मेदवारहरुलाई ओली पक्षीय कार्यकर्ताले आफूविरुद्ध उम्मेदवारी दिएको भन्दै भोट नहाल्न अनुरोध गरेका हुन् ।

त्यस्तै ओलीको प्रस्तावमा परेका विभिन्न नेताहरुलाई पनि भोट नहाल्नका लागि पर्चा बाँडिएको छ । पदाधिकारीमा ओलीले प्रस्ताव गरेका नेताहरुको नाम पनि केन्द्रीय सदस्यमा रहेको हुनाले उनीहरुलाई पदाधिकारीमै भोट हाल्न अनुरोध गर्दै केन्द्रीय सदस्यमा भोट नहाल्नका लागि पर्चा बाँडिएको हो ।

दुवै ठाउँमा नाम रहेका अष्टलक्ष्मी शाक्य, केपी शर्मा ओली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमबहादुर रावल, योगश भट्टराई, युवराज ज्ञवाली,  रघुविर महासेठ, रामबहादुर थापा, लेखराज भट्ट, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवाषचन्द्र नेम्बाङलाई भोट नहाल्नका लागि पर्चा बाँडिएको छ ।

उनीहरु पदाधिकारीमै रहेको हुनाले केन्द्रीय सदस्यमा भोट हाल्न नपर्ने भन्दै सदस्य खुल्लातर्फका ती उम्मेदवारहरुलाई पनि भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको हो ।

May be an image of text that says 'भोट नहाल्ने नामावली २. अध्यक्ष भीमबहादर रावल २. उपाध्यक्ष धनश्याम भुषाल 3.सचिव टकप्रसाद कार्की सचिव भीमप्रसाद आचार्य सदस्य (प्रदेश खुल्ला) ६. भाष्कर काफ्ले सदस्य (प्रदेश महिला) २. नीरा खना सदस्य (सुदुरपश्चिम महिला) पशुपति कुँवर मज्जु मलासी सदस्य (दलित खुल्ला) नरवहादूर वि.क सदस्य (थार खुल्ला) जयप्रकाश थारु सदस्य (पिछडिएको क्षेत्र खुल्ला १. भरत साउद सदस्य (बुल्ला) तर्पसिलका पदाधिकादी लाई तहाल्ले अष्टलक्ष्मी शाक्य ७.केपी शर्मा ओली २५.गोकर्ण विष्ट 3.छविलाल विश्वकर्मा टंकप्रसाद कार्की ३८.टोपबहादुर रायमाझी पदमा कुमारी अर्याल द३.भीमबहादुर रावल ७०.योगेश भटटराई ७.युवराज जावाली ७३.रघुबिर महासेठ ७९. रामबहादुर थापा ८६.लेखराज भटट विष्णुप्रसाद पौडेल ४.सुरेन्द्प्रसाद पाण्डे सुवाषचन्द्र नेम्बाड'

प्रतिक्रिया