टंक कार्कीले गराए एमाले सचिवमा उम्मेदवारी दर्ता


चितवन – नेकपा एमालेको दसौँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्।

कार्की वि.सं २०३६ सालको विद्यार्थी आन्दोलनमा तत्कालिन मालेनिकटको अनेरास्ववीयुका अध्यक्ष थिए। उनी नेकपा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

कार्की चीनका लागि नेपाली राजदूतसमेत भइसकेका छन्।

सौराहमा चलिरहेको महाधिवेशनको बन्दसत्रमा केपी ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए, जसमा कार्कीको नाम थिएन।

ओलीले पेश गरेको सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सचिवमा छ।

त्यसमा असहमत नेताहररूले छुट्टै उम्मेदवारी दर्ता गराएका छन्। कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया