बागमती नदिमा पहिचान नखुलेकाे महिलाको शव फेला


काठमाडौं – काठमाडौंको टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडिएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले बताए ।

सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया