मेरो खुट्टा तानेर अप्ठ्यारो पार्नेहरु आज देउवाको खुट्टा समाईरहेका छन् : अध्यक्ष ओली


काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई खुट्टा तानेर अप्ठ्यारो पार्नेहरु आज देउवाको खुट्टा समाईरहेको बताएका छन् ।

चितवनमा आयोजित दसौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले भने, ‘मलाई खुट्टा तानेर अप्ठ्यारो पार्नेहरु आज उहाँको खुट्टा समाईरहेका छन् ।’
अध्यक्ष ओलीले एमाले देशको प्रमुख राजनीतिक पार्टीमात्र नभएर देशलाई परिवर्तन दिलाउने पार्टी भएको बताए ।

उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए। उनले सम्बोधनको क्रममा भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन। वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले।’

उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने- ‘तपाईँहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन्। अत्यन्तै जिम्मेवार छन्।’

अब नेपालमा हिंसात्मक समुह नभएको पनि उनले बताए ।

प्रतिक्रिया