नेपालीको न्यायका लागि देउवा सरकार बोल्न सक्दैन : ओली


काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आफ्ना नागरिकको र नेपालको न्यायको लागि बोल्नसम्म नसकेको बताएका छन् ।

विधान महाधिवेशनको अन्तिम दिन आइतबार समापन सम्बोधन गर्दै ओलीले दार्चुलाका स्थानीय जयसिंह धामी तुइन तर्दा भारतीय एसएसबीले तुइन काट्दा महाकालीमा बेपत्ता भएको घटनातर्फ संकेत गर्दै देउवा सरकार नेपालीको न्यायको लागि बोल्न पनि नसकेको अभिव्यक्ति दिएका हुन् ।

ओलीले भने, ‘तुइन काटेर, मान्छे झराएर मराइन्छ एउटा नेपाली । यो सरकार नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानबिन समिति बनाउँछ र त्यसले भन्छ यसरी दुर्घटना भएको हो तुइन काटिएको हो । त्यो रिपोर्ट लुकाउन हाइतौबा हुन्छ ‘ भन्दै ओलीले देउवा सरकारको आलोचना गरे ।

आफ्नो न्यायका लागि बोल्न पनि नसकेको भन्दै सरकारप्रति ओलीले कटाक्ष गरे, ‘यो सरकार दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । उनीहरूसँग भन्ने कुरा त छोडिदिउँ । आफूले न्याय पाउनका लागि बोल्न पनि सक्दैन भने कस्तो सरकार होला ?’

नेपाली आकाशमा विदेशी हेलिकोप्टर उडेको हो कि होइन पनि सरकार भन्न नसकेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया