चाउचाउ दिएर बालिकालाई फकाइन्, कानको मुन्द्रा निकालिन र हत्या गरेर फालिन्


काठमाडौं– रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको छ ।

विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। प्रहरीले सोही बेलादेखि अनुसन्धान थालेपछि १९ बर्षिया तामाङलाई पक्राउ गरेको थियो। तामाङले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन्।

अभियुक्त तामाङले चाउचाउ दिएर बालिकालाई फकाउँदै अलि पर लगेर कानका मुद्रा निकालेकी थिइन्। बालिकाले उक्त कुरा आमालाई भनिदिन्छु भन्दा डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक बयानका क्रममा अभियुक्तले बताएकी छन्।

हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएकी अभियुक्त तामाङले शव भने ओढारमा फालेकी थिइन्। अभियुक्त तामाङलाई सात दिनको म्याद थपी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया