सरकारविरुद्ध आन्दोलनको रणनीति तय गर्न कांग्रेस पदाधिकारी बैठक


काठमाडौं– सरकारविरुद्ध २९ मंसिरका लागि आन्दोलन घोषणा गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रणनीति बनाउन विहीबार पदाधिकारी बैठक राखेको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसी सरकारविरुद्धको प्रदर्शनको एजेन्डा समेत बनाइने भएको हो। बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दमौलीमा भएको प्रहरी हस्तक्षेप र पक्राउ, एम्नेस्टी इन्टरनेशनलले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै तोकेर दिएको भ्रष्टाचारको रिपोर्ट, कोरोना महामारीमा सरकारले गर्न नसकेको कामलाई मुख्य एजेन्डा बनाइने छ।

यस्तै गणतन्त्रविरुद्ध सडकमा राजावादी आन्दोलनमा पनि सरकारको मौन समर्थन रहेको विषय पदाधिकारी बैठकमा चर्चा हुने नेताहरूले बताएका छन्।

प्रतिक्रिया