प्रचण्ड एमाले महाधिवेशनकाे उद्घाटनमा नजाने


काठमाडौं – चितवनमा उद्घाटन हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागि नहुने भएका छन्। अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड चितवन नजाने भएका हुन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रमण्ड शुक्रबार चितवनमा उद्घाटन हुने एमालेको महाधिवेशनमा सहभागि हुन नपाएका हुन्। उनले भने, ‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं। पार्टीको प्रतिनिधि बनेर कोही नेता जानुहुन्छ।’

यद्यपी पार्टीको नेतृत्व गरेर को जाने अहिलेसम्म टुंगो लागिसकेको छैन। भोलि अर्थात शुक्रबार प्रचण्ड काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्। त्यसैले प्रचण्ड चितवन जान नमिलेको श्रेष्ठले बताए।

महाधिवेशनको उद्घाटनमा सहभागी हुन भन्दै केही दिनअघि एमाले नेता राजन भट्टराईले खुमलटार निवास पुगेर प्रचण्डलाई निम्तो दिएका थिए।

प्रतिक्रिया