मधेसका मुद्धा सम्बोधन गर्न माओवादी प्रतिबद्ध छः मन्त्री पौडेल


काठमाडौं – नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मधेसका मुद्धा सम्बोधन गर्न माओवादी केन्द्र प्रतिबद्ध रहेको बताएका छन्।

सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले मधेशका मुद्धा सम्बोधन गर्न अन्य पार्टी भन्दा माओवादी प्रतिबद्ध रहेको बताएका हुन्।

उनले मधेसमा माओवादीको जनलहर बढ्दै गएको बताउँदै माओवादी पहिलो पार्टी बन्ने दाबी गरे। ‘कार्यशैली, सोच र हामीलाई सुधारी उत्पीडन जनताको पक्षमा उभिनुपर्छ,’ उनले भने, ‘हाम्रो संकल्प छ हामीले पार्टीलाई २०६४ सालको ठाउँमा पुर्याउनुपर्छ।’

नेकपा माओवादीलाई केही शक्तिहरुले गलत प्रचार गरिरहेको बताउँदै त्यसलाई चिर्न कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ छ। ‘नेकपा माओवादीलाई केही शक्तिले गलत प्रचार गरेका छन्,’ उनले भने, ‘हामीले ल्याएको उपब्धीलाई उल्ट्याउन खोजिएको छ।’

प्रतिक्रिया