बाटो काट्ने क्रममा गाडीले ठक्कर दिंदा अमेरिकामा एक नेपालीको मृत्यु


काठमाडौं – अमेरिकाको मेरिल्याण्डस्थित प्रिन्स जर्जस् काउन्टिमा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा एक नेपाली महिलाको ज्यान गएको छ । स्थानीय प्रहरीकाअनुसार सोमबार राति ७ बजे ४० वर्षीया वर्षा खड्का प्रसाईंलाई गाडीले ठक्कर दिएर भागेको थियो ।

उनी ल्याण्डओभरमा बस्दै आएकी थिइन् । उनलाई नजिकैको अस्पतालमा पुर्‍याइए पनि उनको ज्यान बचाउन नसकिएको प्रहारीले बताएको छ ।

प्रहरीले यो घटनाबारे अनुसन्धान भइरहेको र ठक्कर दिएर भाग्ने चालकलाई नियन्त्रणमा लिइएको बताएको छ । नेपालको झापा घर भएकी प्रसाईं इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) मा कार्यरत थिइन् ।

प्रतिक्रिया