संयुक्त राष्ट्र प्रमुखद्वारा अमेरिका र चीनलाई वार्ताको निम्ति आग्रह


अमेरिका – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका छन् । उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्ष्यित गरेका छन् ।

‘यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ ।’ गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने, विश्वासलाई पुनर्स्थापित गर्न र आशा लाई प्रेरित गर्नको लागि हामीलाई सहयोगको आवश्यकता छ ।

प्रतिक्रिया