रामजी दैलेखीको ‘घुइँचो’मा एलिजा र कुन्साङ प्रमुख भूमिका रहने


काठमाडौं – रामजी दैलेखीले निर्माण गर्ने चलचित्र ‘घुइँचो’लाई दिपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको चलचित्रको घोषणा सम्बन्धी कार्यक्रममा फिल्मका निर्देशक र प्रमुख कलाकारको पनि घोषणा भएको हो । फिल्म जुम्लाको एक परिवारको सामान्य युवकले अमिरिकासम्म गरेको यात्रामा आधारित रहेर बन्दै छ ।

लामाले निर्देशन गर्ने फिल्ममा एलिजा गौतम र कुन्साङ बोम्जन अनुबन्धित भएका छन् । फिल्मको निर्माण पक्षले एलिजालाई केही दिनअघि नै फिल्ममा लिने घोषणा गरेर सम्भौता गरेको थियो ।कुन्साङलाई भने सोमबार आयोजित कार्यक्रममार्फत फिल्ममा लिइएको निर्माण पक्षले जानकारी लिएको छ ।

पछिल्लो पटक ‘अनुराग’ फिल्ममा अभिनय गरेकी एलिजा त्यसपछि भने फिल्ममा देखिएकी थिइनन् । बीचमा ‘घिन्ताङ’ नामक फिल्ममा अभिनय गर्ने भनिएपनि उनले त्यस फिल्म छाडेकी थिइन् । फिल्ममा नदेखिएकी उनी केही समययता म्युजिक भिडियोमा सक्रिय थिइन्। ‘घुइँचो’ उनले ‘अनुराग’पछि खेल्न लागेको फिल्म हो ।

‘घुइँचो’मा मुख्य भूमिकामा रहेका कुन्साङ भने पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका कलाकार हुन्। उनले अभिनय गरेका थुप्रै म्युजिक भिडियोहरु पछिल्लो समयमा निकै चर्चित भएका थिए । फिल्ममा उनी गाउँले युवकको भूमिकामा देखिने सोमबार आयोजित कार्यक्रममा बताइएको थियो । फिल्म आगामी माघदेखि छायांकनका लागि फ्लोरमा निर्माता दैलेखीले बताएका छन् ।

प्रतिक्रिया