साढे दुई लाख नगदसहित झापाबाट ६ जना जुवाडे पक्राउ


झापा – झापाको दमकबाट तास खेलिरहेका अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दमक नगरपालिकामा रहेको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेका अवस्थामा उनीहरूको साथबाट २ लाख ५६ हजार ३५० रुपैयाँ र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

दमक-४ का शेरबहादुर कार्कीले सञ्चालन गरेको होटलमा शनिबार राति तास खेलिरहेको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका-६ का ६६ वर्षीय विश्वराज पराजुलीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त होटलमा तास खेल भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया