
जनताको हितविपरीतका निर्णय फिर्ता हुनुपर्छ : माधव नेपाल
काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् ।
नेता नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गर्दै यस्तो बताएका हुन् । सोही क्रममा उनले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्ने समेत बताएका छन् ।
उनले हाल उद्योग मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको भन्दै आयल निगमले जनताको ढाड सेक्न गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुन नसकेको बताए ।



कागजपत्र |
