भोलिबाट टाटा मोटर्सको एक्सचेन्ज क्याम्प सुरु हुने


काठमाडौं – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यही मंसिर ०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वर देखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने जनाईएको छ ।

साथै, उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नुहुनेछ भने यससंगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने जनाईएको छ । यसका साथै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

उत्तः कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाली नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन पनि कंम्पनीले अनुरोध गरेको छ । उक्त एक्सेच्नज क्याम्पबारेविस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सक्ने वा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न पनि सकिने जनाईएको छ ।

प्रतिक्रिया