छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


जुम्ला – चन्दननाथ नगरपालिका-४ स्थित सडकमा क.१ ह ३११४ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार कैलाली टिकापुर नगरपालिका-१ बस्ने ३५ वर्षीया अनिता चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको    छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका-५ मोहनपुरस्थित सडकमा रोकी राखेको ना.५ ख ८०१० नम्बरको बसमा प्र.२ -०१-००१ प २९७१ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा  मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका-१ कविलासा बस्ने २८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, पिपरा गाउँपालिका-३ शिवचोकस्थित सडकमा प्रदेश २-०२-००३ प.१६५० नम्बरको मोटरसाइकल र ज.८ प.४८१९ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा प्रदेश २-०२-००३ प.१६५० नम्बरको  मोटरसाइकलमा सवार मठिहानी नगरपालिका-१ धिरापुर बस्ने ४० वर्षीय महेश्वर साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु  भएको हो । साथै दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकल चालकको रामजानकी हस्पिटलमा उपचार भइरहेको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-८ सेउतीस्थित सडकमा को.१ ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल वतन नखुलेका ३९ वर्षीय सन्तोष बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु हो ।

कैलाली, कैलारी गाउँपालिका-१ हसुलियास्थित सडकमा ग.७ प.३३८० नम्बरको मोटरसाइकल र डल्लब गाडी एक-आपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय सोलोचन महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुबै सवारी साधन र डल्लब चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, बंगलाचुली गाउँपालिका-५ दमदमेछेडास्थित  बंगलाचुली भ्यूटावर जाने बाटो जेसिबिले मर्मत गर्ने क्रममा जमिन भासिएर जेसिबि करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने २२ वर्षीय सुनिल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

सर्लाही, बरहथवा नगरपालिका-९ मुर्तिया कुशुमचोकस्थित सडकमा ना.४ ख ७५२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम बहादुर गुरुङको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया