छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका १० चुहास्थित सडकमा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१-००९ प ३९२६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय टेक बहादुर रावलको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पाताल लम्की हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, स्याङजाको गल्याङ नगरपालिका १ नब्बेस्थित सिद्धार्थ राजमार्गमा ग १५ प ७४४७ नम्बरको मोटरसाइकल र लु २ ख ५२९० नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका ३ गल्याङ बजारमा कुशल मोटरसाइकल वर्कसपमा काम गर्ने रुपन्देही शुद्धोधन गाउँपालिका ५ फर्सटिकट घर भएका २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको हो । फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया