छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


काठमाडौं – देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-२७ महाकांलस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०५५१ नम्बरको ग्याँस बुलेटले बा.६४ प ६३८० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१ बस्ने ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ग्याँस बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्साको पोखरिया नगरपालिका-४ नहर छेउ नजिक सडकमा ना.३ प १०२६ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००४ प ७४७६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

सप्तरीको खड्क नगरपालिका-५ रंजितपुरस्थित सडकमा विद्युत कार्यालय बोदेबर्साईनको प्रदेश २-०१-००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा बोलेरोमा सवार विद्युत कार्यालयको कर्मचारी हाल वतन नखुलेका शिवराज यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको विराटनगर महानगरपालिका-१४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-९ बस्ने ४२ वर्षीय पुष्पराज देउजाको शुक्रबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ मिश्रवलीयास्थित सडकमा लु.१ च ६७९८ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका-२ बस्ने ४५ वर्षीय रामशरण भुजको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

प्युठानको नौबहिनी गाउँपालिका-४ खवाङ कुलेलीस्थित सडकमा लु.१ ख ७०२१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने टुकमान पुनको छोरा ८ वर्षीय सरोज पुनको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया