सवारी दुर्घटना : पूर्वमन्त्री बस्नेतसहित १० जना घाइते


दाङ – माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा ८ च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेतसहित १० जना घाइते भएका छन् ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया