सर्वोच्चका पाँच न्यायाधीशको जवाफ : हामी सबै न्यायाधीशहरु सँगै छौं


काठमाडौं – सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको बताएका छन् ।

नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग बुधबार भएको भेटमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु चिन्तित भएको बताउँदै आफूहरु सबै एकै ठाउँ रहेको बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्यायालयको नेतृत्व हुन नसक्ने निष्कर्षका साथ सर्वोच्च अदालतका न्यायाधीशले झण्डै एक महिनादेखि नियमित मुद्दा हेरेका छैनन् । तर सोमबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले न्यायाधीशहरुको छलफलबाट अलग भएको बताएका थिए ।

उनीहरुले मंगलबारदेखि इजलसमा पनि बसेका छन्, तर निवेदन फिर्ता लगायतका सामान्य खालका मुद्दाहरु मात्र हेरेका छन् ।

प्रतिक्रिया