प्रकृतिको रानी राराको काखमा ‘तीन’ कुटनीतिज्ञको ‘तीन दिन’ !


जुम्ला – पछिल्लो ३ दिन नेपालका तीन मित्र राष्ट्रका राजदूतहरु जुम्लास्थित रारातालमा रमाइरहेका छन् । नेपालसँगको कूटनैतिक सम्बन्धका लागि नेतृत्व गरेका अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूतहरुले प्रकृतिको रानीका रूपमा मानिने राराताल छेउमा दिन बिताएका छन् । जसको जानकारी अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

बेरीसँगै तीनदिनको यात्रामा बेलायती राजदूत पोलिट, अस्ट्रेलियाली राजदूत भल्क पनि साथमै रहेका छन् । नेपालको कुटनीतिक क्षेत्रका प्रमुख ३ मुलुकका प्रमुख ३ व्यक्तिहरूले नेपालको सौन्दर्यतालाई शब्दमा वर्णन गर्दै हालसम्मकै उत्कृष्ट गन्तव्यको रुपमा परिचित गराएका छन् ।

 

यस्तो रह्यो बेरीको रारा भ्रमणको पहिलो दिनः

“तपाईंहरूका केही जिज्ञासाहरू लिन्छु। म किन यो यात्रामा निस्कें? रारा ताल नै किन? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ। यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो। यो खतराको घण्टी हो।

May be an image of 3 people, sky and text

रारा ताल नेपालको सवैभन्दा ठुलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो। यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो। जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ। अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूस सम्म पनि पर्ने गर्दछ।

त्यसैले म किन यो यात्रा गर्दैछु त। स्पष्ट छ, म तपाईंहरू सवैलाई यी सवै विषयका बारे अवगत होस् भन्ने चाहन्छु।”

 

दोस्रो दिन

रारा तालको किनारबाट नमस्ते। Greetings from Rara lake friends!

“विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाऊने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १।५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ।

May be an image of 3 people, people standing and nature

मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं। कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु – हामीले साँच्चै केही गर्न सकिएला त? सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाऊने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तीमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला।

May be an image of 1 person, standing and nature

तर हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्‍यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा।

त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।”

 

तेश्रो दिन

“मैले आफ्नै देशबाहेक सवैभन्दा धेरै समय बिताएको ठाउँ नेपाल हो। यहाँको परिदृश्यहरू संसारमा अन्यात्र नपाईने किसिमका छन्। साथै यहाँको भाषा, संस्क्रिती, तथा जनजीवनको विविधता उल्लेख्य छन्। यो कुनै अचम्म होइन कि यति धेरै पर्यटकहरू यहाँ आउन चाहन्छन्।

पर्यावरणीय पर्यटनले पर्यटन क्षेत्रका नकारात्मक प्रभावहरूलाई कम गर्ने उद्देश्य राख्दछ: फोहोरमैला, पानीका बोतल, एकदमै खेर फालिने खानेकुरा आदि।

May be an image of 3 people, people sitting and body of water

आज बेलायती राजदूत पोलिट, अस्ट्रेलियाली राजदूत भल्क र मैले मिलेर रारा राष्ट्रिय निकुन्जलाई ३ वटा सोलार प्यानल हस्तान्तरण गर्यौं। कोप २६ सम्मेलनमा प्रम देउवाले भन्नुभएजस्तै जलवायु परिवर्तनका असरहरूको सामना गर्न तथा दीर्घकालीन उर्जाको विकासका लागि सौर्य उर्जा लगायत महत्वपूर्ण साधन हुनसक्छन्।

May be an image of 12 people, people standing, outdoors and tree

रारा ताल मैले घुमेका ठाउँहरू मध्ये अत्यन्तै सुन्दर परिदृष्य, जनजीवन, तथा सौन्दर्यको हिसाबले अतुलनीय स्थान हो। तैपनी यसले मलाई संसारमा सवैतिर देखिन स्थानहरूको सम्झना गराउँछ – त्यस्तो ठाउँ जसले जलवायु परिवर्तनको चुनौती सामना गरिरहेको छ र समाधानको खोजी अत्यन्तै जरूरी।

म मेरा साथीहरूलाई यात्रामा साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। अब काममा लाग्ने बेला भयो।”

-अमेरिकन राजदूताबासको फेसबुकपेजबाट

प्रतिक्रिया