फेसबुकमार्फत चिनजानः यौन सम्बन्धले पुर्‍यायो किशोरलाई जेल, किशोरीलाई अस्पताल


काठमाडौं – अपरिपक्व यौन सम्बन्धले एक किशोरलाई जेल पुर्याएको छ भने किशोरीलाई अस्पतालको बेडमा पुर्याएको छ। यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो।

सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर–किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरीलाई अस्पताल भर्ना गर्नुपरेको छ भने किशोरलाई जेल (सुधार गृह) मा पठाइएको छ।

केही वर्षअघि महाराष्ट्रका १७ वर्ष १० महिना उमेरका नाबालिक किशोर र १७ वर्ष ६ महिना उमेरकी नाबालिका किशोरीबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो।

एकदिन किशोरले किशोरीलाई फकाइफुलाई गरेर महाराष्ट्रको सीमावर्ती प्रभटपट्टनमा भेट्न बोलाए। त्यहाँबाट उनले किशोरीलाई धार्मिक स्थल बैतूल लगे। धार्मिक स्थलमा घुमेपछि उनीहरु नजिकैको होटलमा छिरे, जहाँ उनीहरुबीच शारीरिक सम्बन्ध भयो।

शारीरिक सम्बन्धपछि किशोरीको स्वास्थ अवस्था बिग्रियो। उच्च रक्तस्राव भएपछि किशोरले चेकअपको लागि जिल्ला अस्पतालमा किशोरीलाई लगे। त्यसपछि जिल्ला अस्पतालले यी किशोरीको परिवारलाई उनी अस्पतालमा भर्ना भएको जानकारी दियो।

त्यसपछि किशोरीलाई थप उपचारका लागि नागपुर लगियो। उच्च रक्तस्राब भएपछि किशोरी नागपुरस्थित अस्पताल उपचाररत छिन्। यता, भारतीय प्रहरीले किशोरलाई पक्राउ गरेर उनीविरुद्ध मुद्दा दर्ता गरेर सुधारगृहमा पठाइएको छ।

प्रतिक्रिया