परिवर्तनको प्रमुख बाहक शक्ति माओवादीः रेनु दाहाल


चितवन – नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको बताएकी छिन्।

भरतपुर महानगरपालिका वडा नं. ६ को पार्टी प्रवेश तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन्।

एमाले, नेपाली कांग्रेस तथा अन्य पार्टीमा आफ्नो राजनीतिक भविष्य नदेखी माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठानिक गतिविधीमा लाग्न आग्रह गरिन्।

उनले भनिन्, ‘तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईहरू ढुक्क भएर लाग्नुस्।’ कार्यक्रमलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र विकासलाई केन्द्रमा राखेर काम कार्बाही गरिरहेको बताउँदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताइन्।

उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउँदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागि माओवादी नै चाहिने बताइन्। उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह समेत गरिन्।

उनले भरतपुरको विकासमा आफू केन्द्रित भएको बताउँदै विकासको नमुना आफूले भरतपुरबाट सुरू गरेको समेत बताइन्। उनले भनिन्, ‘तपाईहरूका जायज आवश्यकता र योजनाहरू लिएर आउनुस् स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग हुन्छ।’

भरतपुर महानगरपालिकाले पूर्वाधारका साथै कृषि,स्वास्थ्य, शिक्षा सामाजिक विकासका साथै कृषि क्षेत्रमा प्रदान गरिएको अनुदानले उत्पादकत्व वृद्दिका साथै किसानको जीवनस्थतमा केहि हदसम्म सहयोग पुर्याएको बताइन्।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा सुसन लामिछानेm पवएत वाग्ले, दिपेस थापा, निराजन पण्डित, सन्तोस विक, बिष्णु अधिकारी, प्रेम बहादुर अधिकारी, हरी पन्त, शशी पराजुली, रोशन बिष्ट, बसन्त घिमिरे, आशिष घिमिरे, राजेन्द्र गुरुङ, राम शर्मा, भिम बहादुर मगर, सफल धिताल, रोशन मगर, राम बहादुर दराई, दिपेश सुनार, सुजन चापागाई, शम्सेर विक, संगीत न्यौपाने, बिकु न्यौपाने लगायत २ सय १४ जना रहेका छन्।

प्रतिक्रिया