


बुढानिलकण्ठबाट ८ जना जुवाडे पक्राउ, ५ लाख बरामद

काठमाडौं – प्रहरीले बुढानिलकण्ठबाट ८ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–पौटार गौरीगाउँमा पैसाको हारजित हुने गरी कौडा खेलेको सूचनापछि प्रहरीले छापा मारेको थियो।
गौरीगाँउस्थित नवराज पौडेलको ६ रोपनी जग्गा भाडामा लिएर टहरा बनाई सब्जी खेती गर्ने स्थानमा नै ३५ वर्षीय सुमन खड्काले पैसाको हार जित हुने गरी कौडा खेलाएका थिए।
कौडा खेलाइरहेको भन्ने विशेष सूचना प्राप्त भएपश्चात महानगरीय प्रहरी वृत वौद्धबाट टोली परिचालन भई उक्त स्थानमा चेकजाच गर्दा ८ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।
एसएसपी सिंहका अनुसार पक्राउ परेका ८ जनाको साथबाट ५ लाख ११ हजार ५ सय बरामद भएको छ। बौद्ध वृत्तले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।

