

कैलालीमा युवकको हत्या, स्कुटर छोडेर आरोपित फरार
काठमाडौं – गएराति कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। करिब ९ बजे रातितिर एक युवकको हत्या भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार लम्कीचुहा नगरपालिका–१ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट हत्या भएको हो।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको सापकोटाले बताए। घटनास्थलमा फेला परेको स्कुटी चक्कु प्रहार गर्ने व्यक्तिको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीका अनुसार घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको छ। प्रहरीले घटनाको अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जनाएको छ।

