मोरङमा विप्लव समूहद्वारा अपहृत शिक्षकको गोली हानी हत्या


काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ७ बजे अपहरण गरेको समूहले जंगलमा लगी गोली हानी हत्या गरेको थियो।

मृतकका भतिजो महेश श्रेष्ठले उक्त विषयमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी कार्यालय मधुमल्ला र लेटाङको टोली हत्या भएको क्षेत्रमा खटाइएको खड्काले बताएका छन्।

‘शिक्षक श्रेष्ठलाई अपहरण गरेको आधा घन्टामा हत्या गरेको जानकारी आएको छ। घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको छ। अझै केही समयमा प्रहरी त्यहाँ पुग्नेछ’, खड्काले अनलाइनन्युज सेभेनसँग भने,‘प्रहरीका विभिन्न युनिटबाट घटनास्थल जाने काम भइरहेको छ।’

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन्। अपहरण गरेको समूहले श्रेष्ठको टाउकोमा गोली हानी हत्या गरेको हो।

प्रतिक्रिया