काठमाडौं उपत्यकामा स्वीप अपरेशनः गएराति ६४ जना पक्राउ


काठमाडौं – प्रहरीले अवैध क्रियाकलाप गर्नेहरुमाथि हरेक दिन ‘स्वीप अपरेशन’ चलाउँदै कारबाही गर्दै आएको छ। सोअी अपरेशन अन्तर्गत प्रहरीले गएराति काठमाडौं उपत्यकाबाट ६४ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाबाट गएराती ६४ जना व्यक्तिहरूलाई महानगरीय प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरले जानकारी दिए।

एसपी राठौरका अनुसार काठमाडौंबाट ५४ जना, ललितपुरबाट ८ जना र भक्तपुरबाट २ जना नियन्त्रणमा लिएको हो। अपरेशनको क्रममा भर्खरका युवायुवतीहरु अनैतिक गतिविधिमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

घरमा ‘साथीकोमा जान्छु’ भन्दै कतिपय युवायुवतीहरु होटलमा समेत भेटिने गरेको एसपी राठौरले बताए। ‘एकदिन मात्र उपत्यकामा स्वीप अपरेशन भएन भने अपराधका घटनाहरु बढिहाल्छ,’ एसपी राठौरले भने।

स्वीप अपरेशनमार्फत पक्राउ परेका अधिकांश छुट्ने गरेका छन् भने कोही अपराधी मनासयका व्यक्तिलाई मुद्दा चलाएर कारबाही गरेको एसपी राठौरको भनाइ छ। उनीहरुको परिवारको सदस्यलाई बोलाएर जिम्मा लगाउने गरिन्छ,’ उनले भने।

प्रतिक्रिया