सैनिक श्रीमती संघको ३८ औं बार्षिकोत्सव सम्पन्न


काठमाडाैं –  सैनिक श्रीमती संघको ३८ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

सोमबार राजधानीमा एक विशेष समारोहबीच विशेष पूजा अर्चना, झण्डोत्तोलनलगायत विविध कार्यक्रमसहित बार्षिकोत्सव सम्पन्न भएको हो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा प्रधान सेनापति महारथी शर्मा र संघकी अध्यक्ष सुनिता शर्माद्वारा सैनिक श्रीमती संघको बार्षिक मुखपत्र ‘सेवा सुमन’ को विमोचन समेत गरेकी थिइन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत सैनिक श्रीमती संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया