अनेरास्ववियू केन्द्रीय सदस्य अधिकारीको करेन्ट लागेर मृत्यु


हेटौंडा — नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युत्को तार पन्छाउने क्रममा करेन्ट लागेपछि अधिकारीलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो ।

अधिकारीको उपचारको क्रममा निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

शव परीक्षण गरी परिवारलाई दाहसंस्कारको लागि हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।

प्रतिक्रिया