दीपावलीमा बेलायती प्रधानमन्त्री जोन्सन पुगे मन्दिर


बेलायत – विश्वभरका हिन्दूहरुले मनाइरहेको दोस्रो ठूलो चाड तिहारको दीपावलीको अवसरमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन मन्दिर गएका छन् ।

बेलायती प्रधानमन्त्री जोन्सन दीपावलीको अवसरमा आइतबार लन्डनको नस्डेनस्थित श्री स्वामिनारायण मन्दिरमा गएका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री जोन्सनले बेलायतको निर्माणमा हिन्दूहरुको योगदानको प्रशंसा गर्दै दीपावलीको शुभकामना दिएका थिए ।

 

प्रधानमन्त्री जोन्सनका साथ गृहसचिव प्रिती पटेल पनि सहभागी भएकी थिइन् ।

उक्त अवसरमा उनीहरुले मन्दिरमा अभिषेकस्वरुप भगवान् श्रीनिलकण्ठको मूर्तिमा जल समेत चढाएका थिए । उक्त अवसरमा मन्दिरका पूजारीले प्रधानमन्त्री र गृहसचिव पटेललाई माला लगाएर स्वागत गरेका थिए ।

उक्त अवसरमा दुवै जना मन्दिरमा आयोजना गरिएको विशेष पूजामा सहभागी भएर प्रार्थना समेत गरेको जनाइएको छ ।

 

प्रतिक्रिया