रेलिङमा झुण्डिएको अवस्थामा २२ वर्षीया युवतीको शव भेटियो


ललितपुर ललितपुरस्थित ज्वागलमा एक युवती घरको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । सर्लाही बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् । उनी विवाहित भएको पनि जनाइएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेपछि अस्पताल लगिएकोमा अस्पताल पुग्दा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ ।

एसएसपी बज्राचार्यले शवको पोष्टमार्टमा लागि पाटन अस्पताल लगिएको बताएकी छिन् । उनी भन्छिन्, ‘मृत्युको कारण त पोष्टमार्टम रिपोर्टपछि नै खुल्छ, यसमा अरु कुनै कारण छ कि भन्नेबारे पनि अनुसन्धान हुन्छ ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन ।

विस्तृत अनुसन्धान जारी छ ।

प्रतिक्रिया