कांग्रेस दोलखाका सभापतिसहित जुवाखालबाट समातिनेमा अधिकांश व्यापारी!


नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा।

काठमाडौं – १९ कात्तिकमा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा बौद्धबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ परे। सभापति लामासहित महानगरीय प्रहरी वृत्त, बौद्धले १८ जनालाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–६ नयाँबस्ती ओलाङ्चुङ्गगोला गुम्वा अगाडि सागर लामाले कोठा भाडामा लिई कौडा खेलाइहरेको छ भन्ने गोप्य सूचनाको आधारमा कौडा खेली खेलाइरहेको अवस्थामा १८ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा व्यापारीहरु समेत रहेका प्रहरीले जनाएको छ। काठमाडौं–६ बौद्ध घर भएका ५१ वर्षीय माधव प्रसाद आचार्य पनि पक्राउ परेका हुन्। प्रहरीका अनुसार आचार्य व्यापारी हुन्।

त्यस्तै रामेछाप घर भई हाल बौद्ध बस्ने ३६ वर्षीय निमा लामा, दोलखा घर भई नयाँबस्ती बस्ने ५२ वर्षीय शान्त थापा, बौद्द बस्ने बर्ष ६१ का रामहरि सन्जेल, रामेछाप घर भइ भक्तपुर राधेराधे बस्ने ५७ वर्षीय गोविन्द तामाङ पनि पक्राउ परेका हुन्।

त्यसैगरी, रामेछाप घर भइ हाल ललितपुर इमाडोल बस्ने बर्ष ३६ का राजेश श्रेष्ठ, बौद्द बस्ने ५७ वर्षीय केशव पुडासैनी, रामेछाप घर भएका ३१ वर्षीय टासी लामा, रामेछपकै ५० वर्षीय धर्म लामा पक्राउ परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार रामेछाप घर भइ जोरपाटी बस्ने ५१ वर्षीय दुर्गालाल सुनार, बुढानिलकण्ठ घर भएका २९ वर्षीय सुजन ढुंगेल, रामेछापका ३१ वर्षीय सुमन लामा, दोलखा घर भइ भक्तपुर बस्ने ४० वर्षका कृष्ण तामाङ पनि पक्राउ परेका हुन्।

यस्तै पक्राउ पर्नेहरुमा बौद्ध बस्ने चन्द्र लामा, रामेछपका ३५ वर्षीय मनोज तामाङ, बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने ४० वर्षीय कृपा गोले, रामेछाप घर भइ हाल बौद्द बस्ने बर्ष २१ का रण बहादुर घिसिङ रहेका छन्।

पक्राउ परेका अधिकांश व्यापारीहरु रहेका महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। पक्राउ परेका उनीहरुको साथबाट ६ लाख ३२ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको थियो। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया