झण्डै चार महिनादेखि कांग्रेस केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताकाे अनसन


काठमाडाैं – क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता–कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपामा अनसन र धर्ना दिइरहेका छन् ।

रौतहटका कांग्रेस नेता–कार्यकर्ताहरु धाँधलीपूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।

अनसनमा कांग्रेस रौतहट जिल्ला समितिका कोषाध्यक्ष राम श्रेष्ठ साह, महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री समेत रहेका ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत नेता /कार्यकर्ता बसेका छन् ।

विधानबमोजिम क्रियाशील सदस्यताको सूची नसच्याएसम्म अनशन जारी रहने अडान उनीहरूले लिएका छन् । १०८ दिनदेखि धर्नामा बसेका उनीहरुले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया