मध्यरातमा विद्यालयमा तोडफोड, किताब च्यातेर फर्कियो चोर!


काठमाडौं – नवलपरासीको नवदुर्गा आधारभुत विद्यालयमा तोडफोड भएको छ। कावासोती–२, भाटटोलमा अवस्थित विद्यालयको पुस्तकालय कक्षमा भएका पुस्तकहरु च्यातेर फालिएको छ भने डेस्क बेन्च तोडफोड भएको हो।

विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेका अनुसार चोरी गर्ने उदेश्यले विद्यालयमा प्रवेश गरेको भए पनि कम्प्युटर तथा अन्य सामग्री रहेको कक्षमा प्रवेश गर्न नसकेपछि तोडफोड गरेको हुनसक्ने अनुमान छ।

तोडफोडमा संलग्नलाई तत्काल खोजी गरेर काराबाही गर्न उनले स्थानीय प्रशासनसँग माग गरेका छन्। यसअघि गत कात्तिक ११ गते कावासोती–३ को जीवनज्योति माध्यमिक विद्यालयमा पनि चोरी भएको थियो।

सिसिटिभी फुटेजमा चोरीमा संलग्न व्यक्ति देखिए पनि अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। चाडपर्व नजिकिएसँगै सार्वजनिक संस्था र व्यक्तिका घरमा चोरी बढेको भन्दै प्रहरी प्रशासनले गस्ती बढाउनुपर्ने स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया