ट्याक्टरबाट झरेर ११ वर्षीय बालकको मृत्यु


सिरहा – सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको छ । सिरहा गोबजार नपा– ८ मैनाबत्ती खोलाबाट बालुवा बोकेर आइरहेको स १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर गोलबजार ४ का नशिवलाल सदायको छोरा ११ वर्षीय निशान्त सदायको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकालाई अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया