

एनआरएन जापानले बुझायो परराष्ट्रमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र

काठमाडौं – गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले पराराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।
मंगलबार परराष्ट्रमन्त्री खड्कालाई भेटगरी विभिन्न सात बुँदाको ज्ञापनपत्र बुझाइएको एनआरएन जापानका महासचिव सिद्दार्थ श्रेष्ठले जानकारी दिए।
नेपाल र जापानको ऐतिहासिक सम्बन्धलाई उचित प्रयोग गर्दै जापानमा बसोबास गर्दै आइरहेका नेपालीहरुको लाभका लागि ध्यानआकर्षण गर्दै ज्ञापनपत्र बुझाएको श्रेष्ठले थप प्रष्ट्याए।
एनआरएन जापान जापानका अध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, यूवा संयोजक राकेश रुम्बा, निर्वतमान एनआरएनए जापानका प्रवक्त्ता पर्शु बस्नेतको टोलीले मन्त्रालयमा भेट गरेको हो।
भेटमा जापानमा रहेका नेपालीहरुको अवस्था, कोभिड १९ को महामारीमा एनआरएन जापानको भूमिका एवं आगमी दिनको योजनाहरुका बारेमा मन्त्री खड्कालाई अध्यक्ष पौडेलले जानकारी गराएका थिए।
भेटमा पौडेलले नेपाल–जापान सम्बन्धमा अत्यन्तै राम्रो रहेको भन्दै जापानबाट नेपालीहरुले लिन सक्ने सुविधाहरुका बारेमा स्पष्ट पारेका थिए।
नेपाल–जापानको लागि नेपाल एयरलाइन्सले हवाई टिकटमा चर्को भाडादर कायम गरेकोले भाडादरमा समायोजन गर्न परराष्ट्रमन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।
यस्तो छ ज्ञापनपत्र

