नेपाली युवालक्षित ‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुल्ला


काठमाडौं -शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नेपाली युवालक्षित १२५ सीसी क्षमताको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ । यो स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गरिएको छ ।

टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस अध्यक्ष आर डिलिपले आफ्ना उपभोक्ताका लागि उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरू उपलब्ध गराउँदै आएको र नयाँ पुस्ताका उपभोक्तामाउत्साह र आकांक्षा जगाउन नयाँ सौगातका रुपमा टीभीएस रेडर नेपालमा सार्वजनिक गरेको बताएका छन् । युवा उपभोक्ताहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउनेमा विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।

टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्डअत्याधुनिक थ्रीभी इञ्जिनको गरिएको छ । यसले ६ हजार ५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलोमिटर प्रतिघण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्ने टीभीएसले दाबी गरेको छ ।

कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरेको छ । यसो गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्ने तथा स्विट्च क्लस्टर, फूटपेग्स लगायत मेकानिकल विवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

यो मोटरसाइकलमा कम्पनीले सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ । टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध छ ।

प्रतिक्रिया