

नेकपा मुख्यालय धुम्बाराहीको सुरक्षामा तालिमप्राप्त कुकुर र कमान्डो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बस्न लागेको धुम्बाराही क्षेत्रमा सुरक्षाका लागि तालिमप्राप्त कुकुर र कमान्डो खटाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको सचिवालय बैठकमा उपस्थित नहुने जानकारी गराउँदै सुरक्षा खतरा रहेको बताएका थिए। प्रधानमन्त्रीसहित नेताको सुरक्षाका निम्ति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली पनि परिचालित छ।
बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको सुरक्षा अधिकारीले जनाएका छन्। दिउँसो १ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटि बैठकलाई ध्यान राखेर सुरक्षा व्यवस्था कडा पारिएको हो।

