एमाले अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिन झापा र मोरङमा रहने


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) देखि दुई दिन झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।

ओली एमालेको वडा अधिवेशन सम्पन्न भएको भोलिपल्टै गृह जिल्ला प्रस्थान गर्न लागेका हुन् ।

उनी आज (आइतबार) बिहान ११ बजे घरमा पुगेर बुबालाई भेट गर्नेछन् भने त्यसपछि झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् । उनले बेलुका मेची क्राउन होटलमा अगुवा कार्यकर्तासँग भेट गर्नेछन् भने आज सोही ठाउँमै बस्नेछन् ।

उनी भोलि सोमबार गौरीगञ्जमा हुने कार्यक्रममा सहभागी हुनेछन् । भोलि नै विराटनगरमा पार्टी प्रवेश कार्यक्रम र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया