७ किलो चरेशसहित बाराबाट एक महिला पक्राउ


काठमाडौं – नेपाल प्रहरीको एक टोलीले बाराबाट ७ किलो चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकी पर्साको पोखरीया नगरपालिका-४ सतवरिया बस्ने ४१ वर्षीया लालसा देवीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट करिब २.५ केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा रोक्न खोज्दा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका व्यक्तिले बोकेको बोरा फालेर फरार भएपश्चात प्रहरीले बोरामा रहेको उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

त्यसैगरी सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका-२ भुरेली बस्ने २८ वर्षीय खिम बहादुर बुढालाई करिब ८ ग्राम ८ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया