

स्रोत नखुलेको ८० लाखसहित बाग्लुङका मगर भक्तपुरबाट पक्राउ

भक्तपुर – भक्तपुरबाट ८० लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार भक्तपुरको लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बागलुङ गल्कोट नगरपालिका–१०, पाण्डवखानी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुनमगर छन् ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रुपैयाँ फेला पारेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

