

‘माओवादी पार्टी कति वर्षमा सकिएला? नाटक अलि लामै भयो’

काठमाडौं – नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने बताएका छन्। माओवादी नै देश विकासको बाधक भएको बताउँदै पार्टीको बन्धनबाट देश मुक्त हुनुपर्ने खनालको भनाइ छ।
सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै खनालले माओवादीको नाटक लामो भएकाले अब सकिनुपर्ने बताएका हुन्। ट्वीटरमा उनले लेखेका छन्, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला? कसैको अनुमान? नाटक अलि लामै भयो त।’.
खनालले आफ्नै प्रश्नको जवाफमा भैरहेको बहसमा सहभागी हुँदै फेरि भने अब माओवादी समाप्त नपार्ने हो भने उसले विकासका सारा काम रोक्ने बताए।
खनालले भनेका छन, ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रतिव्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ!’
खनाल त्यस्ता व्यक्ति हुन्, जो तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकारसमेत बने।

